'अन्दाज', 'हमेशा', 'मेरो एउटा साथी छ', 'सौर्य' जस्ता फिल्मका लेखक सुवास सिंह बस्न्यात निर्देशनमा जम्प गर्ने भएका छन् । वीरयोद्दा बलभद्र कुवँरलाई रिफ्रेन्स बनाएर बन्यातले 'बटालिएन फाईभ' नामक फिल्म निर्देशन गर्न लागेका हुन् ।

पाँच जना मुख्य पात्र रहने यस फिल्मको कथाले 'ग्लोबल टेरोरिजम'लाई समेट्ने छ । फिल्मका कलाकार र प्राबिधिक छनोटको क्रममा रहेको जानकारी दिंदै स्क्रिप्ट राईटर समेत रहेका बस्न्यातले आर्मीसँग सुटिङको अनुमती लिएर मात्र फ्लोरमा जाने बताए ।
'आर्मीसँगको सम्झौता अन्तिम चरणमा पुगेको छ । आर्मीको अनुमती पाउनासाथ हामी सुटिङमा जान्छौं,' बस्न्यातले भने । फिल्मको सुटिङको मुख्य केन्द्र मकवानपुर गढी रहने उनको भनाई छ ।

