Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

नयाँ हिरोइनसँग संयम पुरीको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2013/12/06

'आइ एम सरी' फिल्मका निर्माता हरि महत पुन: अर्को फिल्म निर्माणमा जुटेका छन् । मंसिरको अन्तिम साताबाट फ्लोरमा जाने गरि हरिले सुवास कोईरालाई फिल्म निर्देशनको जिम्मा दिएका छन् ।


यसअघि रिलिज भएको 'अपवाद' र रिलिज हुन लागेको 'आवरण' फिल्म निर्देशन गरेका सुवासले संयम पुरी र एञ्जिला दाहाललाई स्क्रिनमा प्रस्तुत गर्नेछन् । नाम गोप्य राखिएको फिल्मको कथा नीलु डोल्मा शेर्पाको रहेको छ भने पटकथा तथा संवाद शान बस्न्यातको रहेको छ । यसअघि लभ स्टोरी फिल्म बनाएका महतले दर्शकलाई नयाँ टेस्ट दिन फरक फिल्म बनाउन लागेको बताए ।

 

तारा प्रकाश लिम्बु र टेकनन्द लामाको संगीत तथा बाबु श्रेष्ठको छायाँकन रहने यो फिल्मको आगामी मंगलबार प्रेस समारोहका विच अन्य कास्ट एण्ड क्रु सहित फिल्मको नाम र कथाबस्तु सार्वजनिक हुनेछ । अभिनेत्री प्रियंका कार्की पनि फिल्ममा अतिथी भूमिकामा देखिने छिन् ।