Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दीपालाई किन मागेन दीपकको कथाले ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/06

झन्डै १२ वर्षदेखि टेलिभिजनको पर्दामा श्रीमान श्रीमतीको भूमिका निभाउँदै आएका कलाकार दीपाश्री निरौला र दीपकराज गिरीलाई रियल लाइफमै पनि जोडी बनेको देख्ने दर्शकको चाहना पूरा नहोला । तीतो सत्यमा दीपाको श्रीमान बनेका दीपक वास्तविक जीवनमा भने अरु कसैको श्रीमान हुन् ।

 

झन्डै चालिस बसन्तमा टेक्न लागेकी दीपाले पनि दीपक आफ्नो रियल लाइफको श्रीमान हुन सक्ने सम्भावनालाई अस्विकार गर्दै आएकी छिन् । जे होस् पर्दामा यो जोडीलाई धेरैले पर्दा बाहिर पनि सुहाएको प्रतिक्रिया दिने गरेका छन् । प्रायः कार्यक्रम होस् या सभा समारोहमा दीपा दीपकको जाडी बाँधिएको हुन्छ । पर्दा बाहिर र भित्रसँगै देखिने यो जोडीलाई फिल्म 'छ एकान छ'मा भने देख्न पाइने छैन ।

 

दीपक हिरो भएको फिल्ममा दीपा छुटेकी छिन् । जुन फिल्मका कथाकार दीपक स्वयम् हुन् । पौष २६ गते प्रदर्शन हुने फिल्ममा दीपक अभिनेत्री निता ढुङ्गानाको हिरो भएका छन् । आफ्नो जोडीलाई दीपकले किन भुले त ? दीपकको प्रष्ट्याइ छ- 'फिल्मको कथाले दीपालाई मागेन ।' फिल्मका निर्माता समेत रहेका दीपक थप्छन्- 'मैंले कुनै क्यारेक्टर भन्दा पनि पूरै फिल्मको कथा लेख्दै थिएँ । कथा लेखें । कथामा समावेश पात्रमा दीपा फिट भइनन् ।'

 

सानो पर्दाको हिट जोडीलाई ठुलो पर्दामा पनि दोहोर्याउँदा के घाटा हुन्थ्यो र ? दीपक भन्छन्, हाम्रो यो जोडी नयाँ होइन । पुरानै जोडीलाई दर्शकले हेर्न हलमा किन जाने ? त्यसैले केही नयाँ गरौं भनेर पनि दीपा फिल्ममा नभएकी हुन् ।'

 

फिल्ममा आफु नहुँदा दीपा दुःखी भने छैनन् । फिल्मकी निर्माता समेत रहेकी दीपा भन्छिन्- 'हामी व्यवसायिक हुन सक्नुपर्छ । हाम्रो जोडीलाई दर्शकले मन पराउनु भएको छ, यो खुसीको कुरा हो । म दीपकले लेखेको फिल्मको पात्र बन्न सकिन त्यो गौण कुरा हो । तर, पर्दामा हाम्रो जोडी बर्षौंसम्म बाँधिरहन्छ भन्नेमा म ढुक्क छु ।'

 

जोडीको निरञ्तरता स्वरुप 'छ एकान छ'को प्रोमोश्नल गीतमा दीपकसँगै एक झलक दीपालाई पनि देख्न सकिन्छ ।