Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्लिका कार्कीसँग राजेश हमालको ठुम्का

सिपी जैसी, कैलाली, 2013/12/05

'लम्की-कर्णाली मार्ग निर्माण, कृषि प्रर्यटन र ब्यापार हाम्रो पहिचान' भन्ने मुल नाराका साथ मंसिर १४ गतेबाट कैलालीको लम्कीमा जारी प्रथम लम्की महोत्सवमा चिसो अनुभुती गरेका दर्शकलाई अभिनेता राजेश हमाल र गायिका मल्लिका कार्कीले तताए ।

 


 

 

महोत्सवको छैठौं दिनमा जब गायिका कार्की र अभिनेता हमाल मञ्च उक्लेका मात्र के थिए उत्साहित दर्शक उफ्रिन थाले । 'चट्ट रुमाल क्या मालुम'बाट आफ्नो गायनलाई अगाडी बढाएकी गायिका कार्कीले 'जुनमाग जुन', 'अच्छा लेकिन लण्डनको चिसोले', 'मुसुमुसु हाँसी देऊ' लगायतका आधा दर्जन गीत गाईन् । गायिका कार्कीको स्वरमा स्वर मिलाउँदै दर्शक मात्र हैन हमाल पनि स्टेजमा उफ्रिएका थिए ।

 

 

मल्लिको चर्चित गीत 'यती धेरै मान्छेहरुको भिडमा एउटा मान्छे छ मेरो मनमा' भन्ने गीत गाउँदा मञ्चमा उक्लिन लागेका दर्शकलाई सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । यसैगरी अभिनेता हमालले खलनायक, शंकर, लगायतका फिल्मको डाईलग बोल्दा दर्शकमा खुसीको सिमा थिएन । अभिनेता हमालले आफ्नो सुपरहिट फिल्म 'एक नम्बरको पाखे'को गीतमा नृत्य समेत गरेका थिए ।