फिल्म 'अन्तराल' डेव्यु सुन्दरी हिरोइन अशिष्मा नकर्मीलाई मनको रानी बनाउनु भएको छ भने दुःखीत नबन्नुस् । अशिष्माले एक साता पछि रियल लाइफमा बिहे गर्दै छैनन् । 'राघव' फिल्मका लागी मात्रै अशिष्माले उक्त डायलग बोलेकी हुन् ।
फिल्म 'राघव'को प्रोमो अन्डरग्राउन्ड टाकिजले फस्ट प्रोमो सार्वजनिक गरेको छ । फिल्मलाई अभिनेता राजवल्लभ कोइरालाले निर्माण गरेका हुन् । 'राघव'ले लामो दुरीको सम्बन्धमा प्रेमी प्रेमीका बिच आउने उतार चढावलाई मुख्य विषय बनाएको छ । 'राघव' क्यारेक्टरमा शिबिर पोखरेल र अस्मिता ढकाल छन् ।
केइट वार्सेल, रकेन व्यञ्जनकार लगायत अन्य कलाकारको फिल्ममा अभिनय छ । भूपेन्द्र भट्टराई निर्देशित राघव २०१४ को मार्च महिनामा नेपालसँगै विश्वका विभिन्न मुलुकबाट एकसाथ प्रदर्शनमा आउँदैछ । राजबल्लभ कोईराला फिल्म्स, प्लानेट ३ फिल्म्स, आईडिया एन्डइमेज र अन्डरग्राउण्ड टाकिजले निर्माण गरेको 'राघव'लाई नेपाल र अमेरिकामा छायाँकन गरिएको छ ।

