Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

गसिप । रेखा छविको बिचमा शिल्पा बाधक !

फिल्मीखबर, काठमाण्डौ, 2013/12/05

डिभोर्स नै भएपनि अभिनेत्री रेखा थापा र निर्माता छवि ओझाको व्यावसायिक सम्बन्ध कायम नै थियो । डिभोर्सपछि पनि छविले फिल्म 'हमेशा'मा रेखालाई खेलाए । रेखाले निर्माण गरेको 'काली' फिल्मको कार्यकारी निर्माताको नाम समेत छवि ओझा लेखिएको थियो । 'काली'को हल व्यवस्थापनको जिम्मा समेत छविले लिएका थिए ।

 

रेखा थापा चुनाव लड्ने भन्ने चर्चा चुलिएको बेला निर्माता छविको नमस्ते नेपाल कार्यालयमा एमाओवादीका कार्यकर्ताको भिड राम्रै लाग्ने गर्दथ्यो । 'काली' फिल्म सुपरहिट भएपछि पूर्व पती ओझालाई अभिनेत्री थापाले आफुले चढ्दै आएको कार नै उपहार दिएकी थिइन् । नमस्ते नेपालमा यो जोडीको भेटघाट डिभोर्स नै बिर्साउने गरी हुने गर्दथ्यो ।

 

मंसिर २१ ग्ते प्रदर्शन हुने छविको फिल्म 'लोफर'को प्रचारमा समेत सहभागी हुने रेखाले आश्वसन दिएकी थिइन् । पूर्व पत्नीको यस्तो आश्वसनबाट छवि मख्ख थिए । तर, अहिले परिस्थिति उल्टिएको छ ।

 

'लोफर' रिलिजको संघारमा रेखा काली प्रदर्शन गर्ने भन्दै हङकङ हानिएकी छिन । यता छवि फिल्मको प्रचारमा पसिना बगाउँदै छन् । यी पूर्व दम्पतीको सम्बन्धमा कसरी एकाएक फाटो आयो त ?

 

सुन्नमा आए अनुसार छविकी नयाँ हिरोइन शिल्पा पोखरेल रेखा छविको दुश्मनीको कारण बनेकी छिन् रे ! आफुले उपहार दिएको कारमा शिल्पालाई सवार गराएपछि रेखा छविप्रति आगो भएकी हुन् । अब छोडी सकेको छविलाई शिल्पासँग देख्दा रेखा किन आगो हुनु ? भित्री कुरो के हो ? रेखा छवि नै जानुन् ।