पौष २६ गते रिलिज हुन लागेको फिल्म '६ एकान ६'को प्रोमो सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक गरिएको प्रोमोश्नल गीतलाई मिक्स गरेर तयार पारिएको उक्त प्रोमोमा फिल्मका अभिनेता तथा निर्माता दीपकराज गिरीलाई दबंग शैलीमा प्रस्तुत गरिएको छ ।

बुझ्नमा आएअनुसार फिल्ममा दीपकराजको क्यारेक्टर नै चुलबुल पाण्डेको जस्तो छ । हिन्दी फिल्म 'दबंग'मा सलमान खानले निर्वाह गरेको चुलबुल पाण्डेको क्यारेक्टरलाई 'छ एकान छ'मा दीपकराजले कुन हिसाबले न्याय गर्नेछन् त ? फिल्म हेरेपछि पक्कै थाहा हुनेछ ।
दिनेश डिसीको निर्देशनमा दीपकराज, दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेको यस फिल्ममा दीपकसँगै शिवहरि पौडेल, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, सन्दीप क्षेत्री, निता ढुंगाना र राजबल्लभ कोईरालाको मुख्य भुमिका छ ।

