Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सिग्नेचर` गीत रिलिज : फिल्ममा `ड्रग्स`को कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/12/09

लागु पदार्थ दुर्व्यसनीको कथालाई मुख्य प्लट बनाएर निर्माण गरिएको फिल्म 'सिग्नेचर' (हस्ताक्षर)को गीत रिलिज गरिएको छ । अच्युत सिटौलाको शब्द, संगीत तथा स्वर रहेको प्रस्तुत गीतमा विनोद पौडेलको अभिनय हेर्न सकिन्छ ।

 

 

छिट्टै नै सार्वजनिक हुने तयारीमा रहेको फिल्म 'सिग्नेचर'लाई सागर उदगमले निर्देशन गरेका हुन् । क्रियटिभ मनकामना फिल्म्सको व्यानरमा प्रकाश सुवेदी, बामदेब भट्टराई, सागर उद्गम र रमेश बाबा नेपालले संयुक्त रूपमा निर्माण गरिएको 'सिग्नेचर' सत्य घटनामा आधारित रहेको बताईएको छ ।

 

बिनोद पौडेल, सरिता गिरी, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेवी डिसी, अम्रिता थपलिया तथा बालकलाकार सौरभ सिंहको अभिनय रहेको सो फिल्मको कथा निर्देशक उद्गमले नै लेखेका हुन् । फिल्ममा पुरूषोत्तम प्रधान, धिरज जंग शाह, शिबराम श्रेष्ठ र नवराज सुवेदीको संयुक्त छायाँकन छ ।