Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा भविष्य खोज्नेहरूलाई केकीले सुझाईन्

फिल्मीखबर, काठमाण्डौ, 2013/12/09

नेपाली फिल्म क्षेत्रमा महिला कलाकर्मीको सहभागिता बलियो र अर्थपूर्ण होस् भन्ने हेतुले फिल्म सम्बन्धी पढाइ हुने ओस्कार कलेज र क्याराम्रो डट कमले तीन दिने वर्कसप सञ्चालन गरेको छ । फिमेल इन फिल्म (फिल्ममा महिला) शिर्षकको कार्यशालामा दुई दर्जन भन्दा बढी तन्नेरी युवतीले सहभागीता जनाएका छन् ।

 

 

ओेस्कार कलेजका विद्यार्थी प्रतिमा श्रेष्ठ र आलोक घिमिरेले सहभागी तन्नेरीलाई फिल्म मेकिङ, शारीरिक भाषा र अभिनयको प्रशिक्षण दिए । सुकेधारास्थित ओस्कार कलेजमा सञ्चालन भएको कार्यशाला गोष्ठीको पहिलो दिन अभिनेत्री केकी अधिकारीले सहभागी तन्नेरी समक्ष फिल्म क्षेत्रसँग सम्बन्धीत रहेर आफ्नो अनुभव सेयर गरेकी थिइन् । रहर र क्षमता भएका तन्नेरी युवतीलाई केकीले फिल्ममा आउन आग्रह गरिन् ।

 

 

पौष २६ गते रिलिज हुन लागेको फिल्म 'बितेका पल'की हिरोइन केकीले भनिन्- 'हामीलाई चुनैती छ । चुनौतीसँग डराएर नभाग्नुस्, सामना गर्नुस् जीत तपाईंकै हुनेछ ।' यस्तै उनले फिल्ममा महिला सिमित क्षेत्रमा मात्र आबद्ध भईरहेको अवस्थामा उपस्थित युवतीहरूलाई हरेक पक्षमा सबल भएर देखाउन आग्रह गरिन् । 'मलाई लाग्छ तपाईंहरू कुनै कुरामा असक्षम हुनुहुन्न । तपाईहरू जस्तै जोशिला महिलाहरूको फिल्म क्षेत्रमा खाँचो छ,' केकीले प्रेरणा दिईन् ।

 

 


सहभागी तन्नेरीले विभिन्न क्षमता समेत प्रस्तुत गरे । सहभागी मध्ये एक जना उत्कृष्ट युवतीलाई ओस्कार कलेजले फिल्म सम्बन्धी पढ्न ४ लाख बराबार छात्रावृत्ती समेत दिनेछ । सँगै एकजना युवतीलाई अडिसन पश्चात जीवनसाथी फिल्मस्ले आउने प्रोजेक्टमा मुख्य हिरोइनको अवसर प्रदान गर्नेछ भने फेसबुक फोटो कन्टेष्टमा सहभागी मध्ये सबैभन्दा बढी 'लाईक' आएका ३ जनालाई छोटो फिल्ममा अभिनय गर्ने मौका दिईने छ । पढ्ने छात्रावृत्ती र हिरोइनको अवसर कस्ले पाए ? यसै साता नाम निकालिने आयोजक  मध्येकी प्रतिमा श्रेष्ठले बताईन् ।

 

 

नेपाली फिल्ममा महिलाको सहभागीतालाई लिएर समय समयमा गोष्ठी तथा बहस नहुने गरेका हैनन् । यद्पी नेपाली फिल्म क्षेत्रमा महिला सहभागीता बलियो हुन नसकिरहेको धेरैको टिप्पणी छ । आश गर्रौ, ओस्कार कलेज र क्याराम्रो डटकमले सञ्चालन गरेको 'फिमेल इन फिल्म' नामक अभियानले नेपाली फिल्म क्षेत्रमा महिलाको सहभागीता बढ्न सघाउ पुग्नेछ ।