सोमबार बिहान काठमाण्डौको बल्खुस्थित बयोधा अस्पतालमा आफ्नो प्राण त्याग गरेका बरिष्ठ निर्देशक शिव रेग्मीको दाहसंस्कार चितवनमा गरियो । निर्देशकको जन्मस्थल चितवन भएकाले बिहानै ९ बजे दाहसंस्कारका शवलाई लागि त्यसतर्फ लगिएको हो ।
मध्यान्न नारायणी कला मन्दिरमा आफन्त तथा शुभेछुकहरूका लागि श्रद्धाञ्जलीको व्यवस्था गरिएको थियो भने साँझ करिब ५ बजेतिर चितवनको देवघाटमा रेग्मीको दाहसंस्कार गरियो । चितामा रहेका शिवलाई उनकै छोरा अभिषेकले दागबत्ती दिए ।
रेग्मीको अन्त्यष्टीमा बरिष्ठ फिल्मकर्मी निर शाह, कलाकार मौसमी मल्ल, मुकेश ढकाल, रिद्धिचरण श्रेष्ठ, पुष्पा आचार्य, संगीतकार सुरेश अधिकारी, निर्देशक सुरेश दर्पण पोखरेल, गोपालचन्द्र लामिछाने, विमल पौडेल, राजेन्द्र उप्रेती, भद्र भुजेल, निर्माता सुनिल कुमार थापा, गीतकार विपिन किरण, मुस्कान ढकाल तथा पत्रकार, आफन्त, शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

