Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेग्मीको निधनमा शोक व्यक्त गर्दै सुटिङ रोक्न आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2013/12/09

बरिष्ठ निर्देशक शिव रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै फ्लोरमा रहेका सम्पूर्ण फिल्मलाई एक दिन सुटिङ बन्द गर्न नेपाल चलचित्र निर्माता संघ र नेपाल प्राविधिक संघले आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

 

निर्माता संघका अध्यक्ष राजकुमार राईले छायाँकनमा रहेका सम्पूर्ण फिल्मका निर्मातालाई आज १ दिन सुटिङ बन्द गर्न खबर गरिएको बताए । तर, केही निर्माताले भने कलाकार र लोकेशनको समस्याले गर्दा सुटिङ बन्द गर्न अप्ठ्यारो पर्न सक्ने प्रतिक्रिया दिएको अध्यक्षा राईको भनाई छ । त्यस्तै नेपाल चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमल्सिनाले फिल्मीखबरलाई भने- 'निर्देशक रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै उहाँको सम्मानमा हाम्रा सम्पूर्ण प्राविधिक सदस्यलाई आज छुट्टी लिन उर्दी जारी गरेका छौं ।'

 

काठमाडौं र मोफसल गरी करिब १३ वटा फिल्म छायाँकनमा छन् । निर्देशक शिव रेग्मीको आज बिहान बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै मृगौला फेल भएका निर्देशक रेग्मीको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागी गृह नगर चितवनमा लगिएको छ । निर्देशक रेग्मीको शोक सन्तप्त परिवारप्रति फिल्मीखबर परिवार धैर्य धारणको कामना गर्दछ ।