Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

सुपर हिरोको कथा हलमा : राजेश र सौगातले तान्लान् दर्शक ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/12

'लुट'मा हाकु कालेको भूमिका निभाएका सौगात मल्ल रातारात हिट भए । सौगातले छोटो समयमा झन्डै एक दर्जन फिल्ममा अभिनय गर्ने अवसर पाए । 'लुट'पछि सौगात अभिनित कुनै पनि फिल्मले व्यापारिक सफलता हात पार्न सकेका छैनन् ।

 

सौगात अभिनित फिल्म 'उमा' पछिल्लो पटक प्रदर्शनमा आएको थियो । 'उमा'को व्यापार सोचे अनुरुपको हुन सकेन । 'लुट' अगावै छायाँकन गरिएको सौगात अभिनित फिल्म 'सौर्य' यसै साता (मंसिर २८ गते) देखि प्रदर्शनमा आउँदैछ । जहाँ सौगातलाई दर्शकले सुपरहिरो क्यारेक्टरमा देख्न सक्नेछन् ।

 

हाकिम इन्टरटेनमेन्टको प्रस्तुती रहेको 'सौर्य'मा सौगातसँगै अभिनेता राजेश हमाल र हेमा श्रेष्ठको पनि मुख्य भूमिका छ । फिल्मका निर्देशक मार्कन्डिप दीपबिम बस्नेत हुन् भने सुरेन्द्र गुरुङ (हाकिम) यस फिल्मका लगानीकर्ता हुन् । फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन् ।