Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(923 votes, avg 4.96/5.00)
Text size:-
+
-

`पुन्टे` संयम पुरीले कस्तो सपना देख्छन् ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/11

किशोराअवस्थामा देख्ने सपनाहरूलाई मुख्य बिषय बनाएर 'पुन्टे परेड' नामक फिल्म निर्माणको घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रममा विच पुन्टे हिरो संयम पुरीलाई लिएर 'पुन्टे परेड' निर्माणको घोषणा गरिएको हो ।


'पुन्टे परेड` हरेक मानिसको किशोराअवस्थाको ऐना हो,' फिल्मका निर्देशक सुवास कोईरालाले भने- 'आफ्ना कल्पनालाई यथार्थमा उतार्न किशोरकिशोरीले गर्ने प्रयासलाई फिल्ममा कमेडी तरिकाले प्रस्तुत गरिनेछ ।'  निलु डोल्मा शेर्पाको कन्सेप्टलाई शान बस्न्यातले कथाको रूप दिएको 'पुन्टे परेड'लाई हरि महतले निर्माण गर्दैछन् ।

 

आगामी सोमबारबाट राजधानीमा सुटिङ शुरू गरिने यस फिल्मलाई निर्माणमा क्षेत्र श्रेष्ठ, सन्तोष कुम्बा, जयराम परियार र राजकुमार पटेलले साथ दिंदैछन् । यसै फिल्मबाट नयाँ अनुहार एञ्जिला दाहालले संयम पुरीसँग फिल्ममा सपना देख्नेछिन् । यस्तै फिल्ममा नट्टु शाह, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा लगायतको अभिनय रहनेछ । अभिनेत्री प्रियंका कार्कीको बिशेष भूमिका रहने जानकारी गराईयो ।

 

बाबु थापाले 'पुन्टे परेड'लाई खिच्दैछन् भने संगीत तारा प्रकाश लिम्बु र टेकनन्द लामाको रहनेछ । उज्जवल ढकालले फिल्म सम्पादन गर्नेछन् भने पब्लिसिटी डिजाईन आनन्द महर्जनको हुनेछ ।