Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

बितेका पल गीत : कस्ले दियो धोका ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/11

आगामी पौष २६ गते रिलिज हुन लागेको फिल्म 'बितेका पल'को गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा केकी अधिकारी र अबिनाश गुरूङको प्रेमलाई देखाईएको छ ।

 

रोशन लामाको संगीत तथा राजेश घतानीको शब्द रहेको प्रस्तुत 'स्याड भर्सन'को गीतमा जीना रसाईलीको स्वर रहेको छ । प्रेमकथामा आधारित यो फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् भने निर्माता राजेश घतानी र कृष रिजालले निर्माण गरेका हुन् । फिल्ममा बाबु बोगटीको पनि मुख्य भूमिका छ तर उनको भूमिकालाई अहिले गोप्य राखिएको छ ।