रिलको जोडी दिपकराज गिरी एक्कासी गायब दिपाश्री निरौलालाई पर्नु पिर परेको छ । तीतो सत्यमा लामो समयदेखि दिपाको जोडी भएर अभिनय गर्दै आएका दिपक गायब भएपछि निर्मल शर्मा गैंडा पनि टेन्सनमा परेका छन् ।

दिपक हराएपछि दिपा र निर्मल गैंडा मंसिर २६ गते काठमाडौंका चोकचोकमा भौतारिए । तर, दिपा र गैंडाले दिपकलाई फेला पार्न सकेनन् । दिपक कहाँ गायब भए त ? 'दिपक त तीतो सत्य छोडेर मेरी बास्सै खेल्न पो पुगेछ', दिपाले रहस्य चुहाइन्- 'फिल्म प्रोमोशनको लागी उब्जाइएको कथा हो यो ।' पौष २६ गते प्रदर्शनमा आउने फिल्म 'छ एकान छ' यूनिटले हाल सानो पर्दाका हिट हाँस्य टेलिफिल्म तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीलाई प्रचारको मुख्य थलो बनाएका छन् ।
यसै अनुरुप मंसिर २७ गते मेरी बास्सैको सुटिङ सेटमा तीतो सत्यका दिपक, दिपा र निर्मल शर्मा गैंडा पुगेका थिए । जहाँ मेरी बास्सैकी फतौरी बुढी कुञ्जना घिमिरेसँग उनीहरुले सट दिए । निर्देशक सिताराम कट्टेल धुर्मुसले उनीहरुलाई निर्देशन गराए । फिल्म प्रचारकै लागी तीतो सत्यमा मेरी बास्सैका हिट क्यारेक्टर मुस्कान भित्र्याइदैछ । जिरे खुर्सानीमा भने 'छ एकान छ'की सोलो हिरोइन निता ढुङ्गानालाई प्रस्तुत गराइने जानकारी छ ।
तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीमा फिल्म प्रोमोशनको भाग फिल्म रिलिजको दुई साता अगाडी प्रशारण हुने दिपाले जानकारी दिइन् । दिपाले भनिन्- 'हाँस्य व्याङ्ग्यका प्रतिस्पर्धी एक अर्काको टेलिफिल्ममा देखिनु नै ठुलो कुरा हो । यसले फिल्मको मौखिक प्रचारमा साथ पुग्ने विश्वास लिएका छौं ।' पौष २६ गते हलमा 'छ एकान छ' र 'बितेका पल' बिच हुने भिडन्तले फिल्म क्षेत्रमा राम्रै तरंग पैदा गरिदिएको छ ।

