छैटौं संस्करणको नेफ्टा अवार्ड आयोजना हुने आगामी मिति तय गरिएको छ । मलेसियामा हुने अवार्डलाई आगामी अंग्रेजी मिति जनावरी ३१ तारिखलाई तोकिएको छ । प्रेम दिवस अर्थात भ्यालेन्टाईन डेको छेकोमा अवार्ड बाँड्ने निर्णय गरिएको हो ।

नेफ्टा प्रमुख मनोज केसी, प्रायोजक प्रमुख सुवास गिरी, मलेसियाका उच्चपदस्थ व्यक्तिहरू सहित अन्य सम्बन्धित व्यक्तिहरु बिच पुस ११ गते मलेसियामा भएको छलफलले अवार्ड गरिने उक्त मिति तय गरेको हो । संयोजक केसी, जुरी सदस्य सुनिल थापा लगायतको टोली गत सातादेखि मलेसियामा छ । अवार्डको तयारी गरेर उक्त टोली आउने साता नेपाल फर्किदैछ ।
पटक पटक अवार्डको मिति स्थगन हुँदा फिल्म नगरीमा नेफ्टा अवार्ड बारे विभिन्न खाले टिकाटिप्पणी हुँदै आएका छन् । नेपाली टोली नै मलेसिया अवार्डको पुगेर नयाँ मिति तय गर्दा भने नेफ्टा अवार्ड सम्पन्न हुने विश्वास छ ।

पहिलो पटक मलेसियामा आयोजना हुन लागेको नेफ्टा अवार्डका लागी एक सय बढी फिल्मकर्मी तथा सञ्चारकर्मी त्यसतर्फ जाँदैछन् । विभिन्न विधामा बाँडिने अवार्डमा फिल्मकर्मीले आफ्नो आकर्षक प्रस्तुती समेत पस्कनेछन् ।

