Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.86/5.00)
Text size:-
+
-

सितालाई कस्ले खेलाउने सेक्सी फिल्म ? (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/26

पछिल्लो समय नेपाली फिल्ममा कला हैन कथाले मागे अनुसार दिने कलाकारको विगविगी छ । कथाले माग्यो भन्दैमा अर्धनग्न हुन पछि नपर्ने युवतीले फिल्म क्षेत्रलाई बदनाम गरेको आरोप एकथरीको छ ।

 

सेक्सी फिल्म ‘चपली हाइट’ चलेपछि दर्जन बढी उस्तै थिममा फिल्म निर्माण भए । न सेक्सी फिल्म हिट भए न कथाले मागे अनुसारको दृश्य दिएका कलाकार नै चले । यद्पी सेक्सी फिल्म खेलेर चर्चा कमाउनेहरुको आगमनमा भने कमी आएको छैन । म्युजिक भिडियो मोडल सिता लामाले पनि सेक्सी फिल्म खेलेर चर्चा कमाउने ईच्छा व्यक्त गरेकी छिन् ।

 

एक अनलाइनमा वन पिस र हट पेन्टमा हट फोटोसुट गराउँदै उनले आफुलाई ‘चपली हाइट’ जस्तो फिल्ममा अभिनय गर्न कुनै आपत्ती नहुने बताएकी हुन् । नाम नसुनिएका केही नेपाली तथा तामाङ भाषाको फिल्ममा समेत अभिनय गरेको बताउने सिताले भनेकी छिन्- ‘यो २१ औं शताब्दीमा यौन विषयका फिल्म बन्नु कुनै नौलो होइन । यस्तो फिल्ममा भूमिका पाए म पनि अभिनय गर्छु ।’

 

काठमाडौंको स्वयम्भुमा कस्मेटीक व्यवसाय सञ्चालन गर्दै आएकी सिता लामाको यस खालको अभिव्यत्तीले नेपाली फिल्मका कलाकारप्रतिको हेराई र सोचाई कस्तो होला ? यो क्षेत्रमा सपना बुनेर दिनरात संघर्ष गर्ने कलाकारले यसरी नाङ्गिन आउने कलाकारको भिडमा आफूलाई कसरी उभ्याउलान् ? के यि कलाकारले नेपाली फिल्मप्रतिको धारणामा नकारात्मक सन्देश प्रवाह गर्दैनन् ?

 

 

 

 

 

तस्विर साभार : रातोपाटी