फिल्म ΄तोरी लाहुरे΄ चल्नेमा अभिनेत्री आशिष्मा नकर्मी समेत ढुक्क छिन् । नेपालगञ्जको रेडियो हिमालको फिल्मी कार्यक्रम ‘सिने दर्पण’मा कुराकानी गर्दे आशिष्माले दर्शकलाई हलसम्म तान्न फिल्मको कथासँगै शिर्षक नै प्रर्याप्त रहेको बताईन् ।
पछिल्लो समयमा नेपाली फिल्म नचलिरहेको अवस्थामा यो फिल्मले वैदेशिक रोजगारमा जाने युवाहरुलाई सन्देश दिनुका साथै सही मार्गदर्शन दिनेमा आफु ढक्क रहेको आशिष्माले बताईन् । 'हिन्दि फिल्म हेर्न जसरी हलसम्म पुग्नुहुन्छ त्यसरी नै नेपाली फिल्मलाई पनि माया गर्दिनु होला,' अशिष्माले दर्शकसँग आग्रह गरिन् । उनले आफ्नो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दाबी गरिन् ।
द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेको एक्सन कमेडी फिल्म 'तोरी लाहुरे'मा विदेश जाने युवाहरुको समस्यालाई देखाइएको छ । यो फिल्मलाई रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ 'वाले' र रोशिफ तामाङले निर्माण गरेको यो फिल्ममा अशिष्मा सहित सुवास थापा, गजित बिष्ट, रोहित रूम्बा, समुना केसी, दिनेश डिसी, दिल कुमार तामाङ 'वाले' लगायतको अभिनय छ ।
कृष्ण आचार्यले फिल्मको कथा लेखेका हुन् भने छायाँकन निरज कँडेलले गरेका हुन् । फिल्ममा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्धन्दनिर्देशन तथा गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ ।
काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र उपत्यका बाहिर रोहित र रत्नले वितरण यो फिल्मको रिलिज मिति फाल्गुन २३ गतेका तय गरिएको छ । यसअघि फाल्गुन १६ गते रिलिज गर्ने बताईएको यो फिल्मको सोलो रिलिजका लागि एक साता पर धकेलिएको निर्माण युनिटका सदस्य रोहित रूम्बाले जानकारी गराए ।

