
भोली शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको हिन्दी फिल्म 'ग्राण्ड मस्ती' नेपालमा प्रदर्शन नहुने भएको छ । बिहिबार फिल्म हेरे पश्चात नेपालको चलचित्र जाँच पास समितीका सदस्यले फिल्ममा अश्लिलता धेरै रहेकाले प्रदर्शनको अधिकार नदिएको हो ।

धनि र गरिब विचको प्रेम सम्बन्धलाई मुख्य बिषय बनाएको नेपाल भाषाको फिल्म 'मु: मुदुगु जीन्दगी'को अहिले काठमाण्डौ उपत्यका भित्र छायाँकन भईरहेको छ । ७५ प्रतिशत छायाँकन सकिएको उक्त फिल्मले रोजगारीको समस्यालाई पनि प्रस्तुत गर्नेछ ।

यो शुक्रबार देखी हलमा फिल्म ढुवानी र राजनीति प्रदर्शनमा आउँदै छन् । ढुवानी सामाजिक र राजनीति राजनीतिक विषय माथि केन्द्रित छन् । यी दुवै फिल्मले चलचित्र जाँच पास समितिबाट पिजी प्रमाण पत्र पाएका छन् । फिल्म हेर्न १६ वर्ष भन्दा मुनिका बालबालिका अभिभावकको साथमा जानु पर्नेछ ।

चुनावी प्रक्रिया प्रति असन्तुष्ट जनाउँदै नेकपा-माओवादी बैद्य समुह सहित ३३ दलीय मोर्चाको उपत्यका बन्दले राजधानीको फिल्म बजार पनि ठप्प भएको छ । बन्दले फिल्म हल, छायाँकन घर, सम्पादन कक्ष सबै बन्द छन् । फिल्म खिच्न व्यस्त युनिट आज घरमा बिदा मनाइरहेको छ ।

दुःखद खबर ! लोफर डेव्यु अभिनेत्री रजनी केसीलाई पितृ शोक परेको छ । उनका ५४ वर्षिय पिताको आज निधन भएको छ ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्रीद्धय पूजा शर्मा र सिवाङ्गिनी राणाको त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको रोमाण्टिक प्रेमकथानक फिल्म 'मधुमास'को रिलिज डेट एकसाता अघि सारिएको छ । यसअघि कार्तिक १५ गते रिलिज हुने बताईएको उक्त फिल्म अब कार्तिक ८ गते रिलिज हुनेछ ।

