Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

गसिप । दायाँबायाँ नगर्दा पछि परिन् नन्दिता !

फिल्मीखबर, काठमाण्डौ, 2013/12/27

अभिनेत्री नन्दिता केसी सुन्दरी छिन् । उनको स्लिम शरीरलाई लिएर फिल्म नगरीमा खुवै चर्चा हुने गर्छ । नन्दिताको व्यक्तिगत आचरणका बारे पनि मिडियामा अहिलेसम्म टिकाटिप्पणी भएका छैनन् ।

 

नन्दिता फिल्म नगरीमा सोभर गर्लको रुपमा परिचित छिन् । विडम्वना, आफूलाई दिन प्रतिदिन सुन्दरतामा निखार ल्याउँदै गरेकी यि सुन्दरी अभिनेत्रीले अभिनयमा भने निखार नल्याएको एकथरी फिल्मकर्मीको भनाई छ । सुन्दरी अभिनेत्री फिल्ममा भने फिक्का देखिन्छिन् ।

 

चिटिक्क जिउडाल हुँदाहुँदै पनि फिल्ममा जम्न नसकीरहेकी नन्दिताले आफु पछि पर्नुको कारण भने एक साप्ताहिक पत्रिका मार्फत सार्वजनिक गरेकी छिन् । साप्ताहिक ‘शुक्रबार’सँगको अर्न्तवार्तामा नन्दिताले बोलेका छिन्- ‘मलाई दायाँबायाँ गरेर माथि जानु छैन । यताउता गरेको भए पहिल्यै माथि पुग्थें ।' नन्दिताको यस भनाइबाट के प्रष्ट हुन्छ भने माथि जाने अथाव फिल्म पाउने नायिकाले दायाँबायाँ गर्नुपर्छ या गर्छन् ?

 

फिल्म नगरीमा दायाँबायाँको सोझो अर्थ निर्माता तथा निर्देशकसँग नजिक हुनु या चलेका हिरोसँग । के नेपाली फिल्मका सबै हिरोइनहरुले फिल्म पाउन दायाँबायाँ नै गर्छन् त ? नन्दिताले भन्न खोजेको के ? नन्दिता नै जानुन् ।