भर्खर पुत्र लाभ गरेको अभिनेता जीवन लुईटेललाई नेपाल जेसीसले राष्ट्रिय युवा सम्मान पुरस्कार प्रदान गरेको छ । अभिनेता लुईटेललाई बाग्लुङमा जारी नेपाल जेशिशको अधिवेशनको अवसर पारेर उक्त सम्मान प्रदान गरिएको थियो ।
.jpg)
गत शुक्रबार अभिनेता लुईटेल पुरस्कार ग्रहण गर्न हेलिकप्टर चढेर बाग्लुङको एक कलेजमा अवतरण भएका थिए । गत वर्ष विभिन्न संघ सस्थाले बाँडेको उत्कृष्ट अभिनेताको अवार्डमा ह्याट्रिक हानेका जीवनलाई सम्मान पत्र, मेडल र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सँगै सञ्चारकर्मी हुम सुवेदीलाई पनि उक्त सम्मान मिलेको छ ।

गत वर्ष जीवन अभिनित फिल्म 'रिदम'ले सुपरहिट र 'नोटवुक' फिल्मले मध्यमको व्यापार गरेको थियो । यस वर्ष जीवन अभिनित फिल्म 'नाइ नभन्नु ल २' प्रदर्शनको पखाईमा छ । विकास आचार्यको निर्माण तथा निर्देशन रहेको जीवन अभिनित यो फिल्म चैत २८ गते देभभर प्रदर्शन हुँदैछ ।

