Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

भुवन केसीको सभासद बन्ने धोको तुहियो

फिल्मीखबर, काठमाण्डौ, 2013/12/27

संविधानसभाको दोस्रो ठूलो दल एमाले ले समानुपातिकतर्फका सवै सभासद् टुंगो लगाएको छ । एमालेले सार्वजनिक गरेको सभासदको सुचीमा भुवन केसी अटाएका छैनन् ।

 

गोकर्णमा तीन दिनदेखि जारी स्थायी कमिटी बैठकले शुक्रबार साँझ समानुपातिकर्फ सभासद् टुंगो लगाएको हो । एमाले प्रचार विभाग सदस्य विष्णु रिजालका अनुसार केन्द्रीय कमिटीले तयार पारेको मापदण्डअनुसार स्थायी कमिटीले सभासद् टुंगो लगाएको हो । केन्द्रीय कमिटीको मापदण्डमा भुवन केसी परेनन् ।

 

संविधानसभाको चुनावमा प्रत्यक्ष तर्फको टिकट पाएर पनि खोसिएपश्चात भुवनलाई एमालेले समानुपातिकमा धकेलेको थियो । भुवन पनि सभासद बन्न एमाले नेता माधव कुमार नेपालसँग निकै लविङ गरेका थिए । तर। भुवनको परिश्रम खेर गएको छ । तथापी उनी राजनीतिमा भने सक्रिय भएरै लाग्ने सोचमा छन् ।

 

एमाओवादीको तर्फबाट समानुपातिकमा परेका निर्देशक हिमग्याप टासी सभासद भन्छन् या बन्दैनन् ? एमाओवादीले सुची सार्वजनिक गरेपश्चात मात्र थाहा हुनेछ । नेपाली फिल्मको प्रतिनिधित्व गरेर एमालेको तर्फबाट यसअघि फिल्मकर्मी रामबिर मानन्धर संविधानसभामा पुगेका छन् । उनले प्रत्यक्षतर्फ लडेर काठमाण्डौ क्षेत्र नम्बर ७ बाट विजयीको झण्डा फहराएका हुन् ।