Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

धिरज र छुल्ठिम तीन बर्षदेखि अगल । छुल्ठिम् भन्छिन्- `हल्ला मात्र !`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/27

आफूलाई माईकल ज्याक्सनको रूपमा चिनाउन चाहने गायक धिरज राईले आफ्नी जीवनसंगिनी छुल्ठिम गुरूङसँग तीन बर्षदेखि नै अलग्गिएको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै राईले कानुनी रूपमा अलग नभएपनि तीन बर्षदेखि आफूहरू अलग्गै बस्दै आएको बताए ।

 

 

यता 'नोभेम्बर रेन' फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी छुल्ठिमले भने धिरजको कुरालाई नकारिन् । उनले भनिन्- 'जे कुरा बाहिर आएको छ त्यो सत्य हैन ।' आखिर सत्य के हो त ? छुल्ठिमले व्यक्तिगत कुरालाई खोल्न आवश्यक ठानिन् । उनले पुन: दोहोर्‍याएर भनिन्- 'जे सुन्नु भएको छ त्यो हल्ला मात्र हो ।'

 

करिब एघार बर्ष अघिदेखि एकअर्कामा समर्पित भएका धिरज र छुल्ठिम किन अलग भए ? बिस्तारै थाहा होला । धिरजले भने अब छुट्टै जीवन जीउने बताएका छन् । धिरज र छुल्ठिमको प्रेम बिबाह भएको थियो । उनीहरूको प्रेमजीवनको बारेमा लिईएको अर्न्तवार्ता तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

 

व्यक्तिगत जीवन भन्दा अहिले फिल्मको बारेमा नै बोल्न खोज्ने छुल्ठिमले 'नोभेम्बर रेन' गर्दा निकै रमाईलो रहेको बताईन् । फिल्मीखबरसँग गफिंदै उनले भनिन्- 'क्यारेटरमा डुबेर काम गर्दा निकै रमाईलो भयो ।' आफूले राम्रो काम गरेकाले प्रतिक्रिया पनि राम्रो आउने आश गरिन्, छुल्ठिमले ।  फिल्ममा मात्र हैन, एक दशकसम्म धिरजसँग खुसी भएकी छुल्ठिम जीवनभर नै धिरजसँगै रमाईरहुन् । अगल हुने सोचमा परिवर्तन आओस्, शुभकामना !