Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फिल्म खेल्ने पालो संगीतकारको । `आधी बाटो`मा सुरेश अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2013/12/27

पत्रकार तथा गायक पछि अब फिल्म खेल्ने पालो संगीतकारको आएको छ । गायक उदित नारायण झादेखि बाबु बोगटीसम्मले फिल्ममा हिरो भएर खेलेको छन् । यस्तै केहि रंग पत्रकारहरू पनि फिल्मको हिरो भएका छन् । पत्रकार र गायक हिरो भएका फिल्म कति सफल भए ? फिल्मको इतिहास साक्षी छ ।

 

संगीतकार शम्भुजित बाँस्कोटाले भर्खरै ‘कोहिनुर’ फिल्ममा प्रहरीको भूमिका निर्वाह गरेको खबर सेलाउन नपाउँदै अर्का संगीतकार सुरेश अधिकारीले पनि फिल्म खेलेको खबर सार्वजनिक भएको छ । नेपाली नयाँ वर्ष लक्षित चैत २८ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’ मा संगीतकार अधिकारीले अभिनय गरेका छन् । फिल्मका निर्देशक सविर श्रेष्ठले यस कुराको जानकारी गराए ।

 

निर्देशक श्रेष्ठले भने- ‘फिल्ममा उहाँलाई संगीतकारकै भूमिकामा प्रस्तुत गरेका छौं ।’ भूमिका कस्तो छ ? निर्देशक श्रेष्ठ चलाखी भए- ‘उहाँको भूमिका र फिल्मको पूरै कथा थाहा पाउन हलमै जानुपर्छ ।’ रमेश त्वायना निर्मित फिल्म ‘आधी बाटो’ म्यूजिकल लभ स्टोरीमा आधारित छ । संगीतकार अधिकारीकै संगीत रहेको यस फिल्ममा गायक यश कुमार सहित जेनिशा केसी, सविन श्रेष्ठ, अनु शाह, रूवि राणाको मुख्य भूमिका छ ।

 

गायक तथा संगीतकार चेतन सापकोटाले पनि थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् । यस्तै संगीतकार महेश खड्काले पनि एउटा म्यूजिक भिडियोमा अभिनय गरेका छन् । पत्रकार तथा गायक हिरो हुने नेपाली फिल्ममा संगीतकारले फिल्म खेल्दै गर्दा चर्चा अवश्य चल्ने छ, ‘अब पालो संगीतकारको’ !