Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

नयाँ बर्षमा `खुल्ला आकाशमा` मोक्ष (गीत हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/31

अंग्रेजी नयाँ बर्षको अवसर पारेर फिल्म 'मोक्ष'को 'खुल्ला आकाशमा' बोलको गीत सार्वजनिक गरिएको छ । दर्शकलाई नयाँ बर्षको उपहारस्वरूप फिल्मको उत्कृष्ट मध्येको एक गीत रिलिज गरिएको निर्देशक प्रबिन श्रेष्ठले फिल्मीखबरलाई जानकारी गराए ।

 

नव क्रान्ती र संजीब सिंहको शब्द रहेको प्रस्तुत गीतमा संजीबकै स्वर तथा संगीत रहेको छ । गीतका फिल्मका मुख्य पात्र बेनिशा हमाल, कोशिस क्षेत्री सहितका अन्य पात्रहरू बिक्रम सिंह, दिपेश भण्डारी, मनिष दोगार फिचर गरिएका छन् ।

 

संगीत क्षेत्रमा लागेका युवाको यथार्थ तथा मार्मिक कथालाई प्रस्तुत गरिएको मोक्ष यहि माघ २४ गते रिलिज हुँदैछ । मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्स्को व्यानरमा सुनिल मानन्धरले निर्माण गरेको यो फिल्मलाई प्रतिक्षित मानिएको छ ।