Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

गसिप । बाबुले लुकाए, अबिनाशले देखाए

फिल्मीखबर, काठमाण्डौ, 2013/12/31

यही आइतबार साँझ सम्पन्न ‘बितेका पल’ प्रिमियर हेर्न लायकको रह्यो । सौगात मल्ल आफ्नो ‘एक्स्ट्रा लुक’ लुकाउन फिल्म नहेरेरै हलबाट बाहिरिए । ढाकाको गाउनमा सजिएकी ‘बितेका पल’ हिरोइन केकी अधिकारी ‘मस्ट नोटिसेवल’ पर्सन बनिन् ।

 

‘बितेका पल’ प्रिमियरमा दुई हिरो बाबु बोगटी र अबिनाश गुरुङ पनि सहभागी थिए । 'बितेका पल' फिल्मका हिरो बाबु र अबिनाश बिच एउटा समानता छ । यी दुई हिरो विवाहित हुन् । यी दुईले लगनगाँठो कसेको लामो समय भएको छैन । अबिनाश दार्जीलिङदेखि आफ्नी नयाँ दुलहीलाई लिएर पहिलो फिल्मको प्रिमियरमा सहभागी भएका थिए ।

 

सिङ्गर एक्टर बाबु बोगटीले भने फिल्मको प्रिमियरमा आफ्नी जीवनसाथीलाई सहभागी गराएनन् । उनी एक्लै फिल्म हेर्न कमलपोखरीको विग मुभिज पुगेका थिए । बाबुले आफ्नी जीवनसाथीलाई किन देखाउन चाहेनन् ? कतै लेडी फ्यानको संख्या घट्ने डरले त हैन ?

 

बाबुको जीवनसाथी हाल अमेरिकामा छिन् जसको कारण उनले चाहेर पनि प्रिमियरमा ल्याउन सकेनन् । बाबुको श्रीमती नेपालमै भए पनि उनले मिडियामा ल्याउने सम्भावना न्यून रहेको बताईन्छ । किनकी उनी अहिले नै श्रीमतीको साथमा सार्वजनिक हुने पक्षमा छैनन् ।