
कथाको डिमान्ड अनुसार कलाकार नभेटिएपछि काव्या एण्ड कृष्ण नामक फिचर फिल्म दुई वर्ष देखि फ्लोरमा जानबाट रोकिएको छ ।

अभिनेत्री रेखा थापा यतिखेर दोहोरो दौडधुपमा छिन् । फुलपाती रिलिजको काली र आगामी संविधान सभाको निर्वाचन प्रचारलाई लिएर रेखालाई भ्याइ नभ्याई छ । चावहिलको अम्वे अपार्टमेन्ट देखि पूर्व पति छवि ओझाको नमस्ते नेपाल कार्यालयमा रेखा निकै व्यस्त हुने गरेकी छिन् ।

युद्धबाट घर फर्किएका युवा, शान्ति प्रक्रिया र वैदेशिक रोजगारसँग जोडिएको सडक नाटक लिएर थिएटरका कलाकार यतिबेला देश दौडाहामा छन् ।

५ औं एचटीभी फिल्मीखबर डि सिने अवार्ड ०७० को उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक गरिएको छ । आयोजक समितिले प्रेस समारोह गर्दै विभिन्न २६ विधाको पाँच नोमिनेशनलाई सार्वजनिक गरेको हो ।

नेपाली कला नगरी हल्ला नगरी रुपमा पनि परिचित छ । रजतपटमा कुनै न कुनै हल्ला फैलिरहेका हुन्छन् । कुनै हल्ला सत्य नजिक रहेपनि धेरै जसो हल्ला भने हल्लामै सिमित हुन्छन् ।

अभिनेत्री पूजना स्त्री मुम्बईमा अड्किएकी छिन् । नेपाल ल्यान्ड हुने प्लेनको टिकट प्याक भएपछि आफु मुम्बइमै रोकिनु परेको पूजनाले बताइन् ।

