Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

सुनिल थापाले भने- `रबिन तामाङको म फ्यान`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/05
सम्मान दिन जाने सम्मान पाइन्छ । यो कुरालाई अभिनेता सुनिल थापाले राम्रैसँग बुझेका छन् । सायद त्यसैले होला उनी भन्छन्- 'थिङ्क पोजेटिभ, बी पोजेटिभ एण्ड डु पोजेटिभ' ।
 
 
आईतवार राजधानीमा भएको जमघटमा अभिनेता सुनिल थापाले कलाकारको सम्मान गर्दै भने- 'रबिन तामाङको त एकदमै फ्यान हो । ' सुनिलले यति भनिरहँदा छेउमा बसेका रक गायक तथा अभिनेता रबिन मुस्कुराए ।
 
'रबिनजी स्टेजमा उक्ल्यो कि मलाई आनन्द र रमाईलो लाग्छ,' सुनिलले थपे- 'उहाँको स्वर मात्र हैन पर्सनालिटी पनि मलाई एकदमै मन पर्छ ।' यस्तो बरिष्ठ कलाकारले आफ्नो बयान गरेपछि रबिनले धन्यवाद दिए तर उनले भने आफू सुनिलको फ्यान हो या हैन भन्ने प्रस्ट पारेनन् ।
 
 
यस्तै सुनिल र रबिनसँगै 'ड्यास'मा बसेकी अभिनेत्री हर्षिका श्रेष्ठले अर्पण थापा र सौगात मल्लको आफू 'ग्रेट फ्यान' रहेको खुलाईन् । उनले 'मुखौटा' फिल्ममा सँगै कामगर्न पाउँदा खुसी समेत लागेको बताईन् । उनले भनिन्- 'सौगातजीको अपोजिटमा अभिनय गर्न पाउँदा म ज्यादै हर्षित छु ।' 
 
नेपाली रजतपटमा एक कलाकारको अर्को कलाकारले खुट्टा तान्ने प्रचलन चलिआएको छ । अधिकांश कलाकारले आफ्नो प्रतिष्पर्धीको डाह गरेको पाईन्छ । फलानो यस्तो ढिस्कानो यस्तो भनेर कुरा काट्नेहरूको बिगबिगी छ । यस्तो भिडमा रहेका यि कलाकारले दिएको अभिव्यक्तिबाट समकक्षीले पाठ सिक्ने पो हो कि !