Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`जंगे`मा ५ निर्देशक जंगिदै

फिल्मीखबर, काठमाण्डौ, 2014/01/05
एउटा गजबको संयोग । हाल प्रि-प्रोडक्सनमा रहेको फिल्म 'जंगे'मा पाँच जना निर्देशकले अभिनय गर्ने भएका छन् । तीन फिल्म निर्देशक जोएस पाण्डे, एमएस अग्रज र आशिफ शाहको साथमा म्यूजिक भिडियो निर्देशक, भिजे तथा कलाकार सुरज सिंह ठकुरी र संगीत निर्देशक राजन इशानले 'जंगे'मा मुख्य भूमिका निर्वाह गर्ने पक्कापक्की भएको छ ।
 
हाल अष्ट्रेलियामा रहेका 'जंगे' निर्देशक उत्कल थापाले फिल्मीखबरलाई जानकारी गराउँदै भने- 'फिल्मको पात्र सुहाउँदो कलाकार छान्ने क्रममा निर्देशकहरू अग्रपंक्तीमा पर्नुभएको हो ।' यस्तै अडिसन पश्चात फिल्मका लागि प्रदिप ढकाल, घनश्याम पाण्डे फाईनल भएका छन् भने महिला पात्रको छनोट प्रक्रिया चलिरहेको उनले जानकारी दिए । फिल्मको शिर्ष भूमिकामा भने सुरज सिंह रहनेछन् ।
 
जंग बहादुर राणाको इतिहासलाई आधुनिकीकरण गरेर निर्माण गर्न लागिएको फिल्म 'जंगे'को सुटिङ बिरगञ्जमा हुने भएको छ । हाल बिरगञ्जमा शितलहर चलेकाले फाल्गुनको पहिलो साता मात्र सुटिङमा जाने निर्देशक थापाले बताए । अष्ट्रेलियामा फिल्मसम्बन्धी अध्ययन गरेका थापाको 'जंगे' डेब्यू निर्देशन हुनेछ । उनले काल्पनिक शहरमा जंगबहादुर पात्रलाई फिल्मी 'लिबर्टी' दिएर प्रस्तुत गर्ने बताए ।
 
सुसन प्रजापतिको निर्माण तथा छायाँकन रहने यो फिल्ममा अल्मोडा उप्रेतीको संगीत, उज्जवल ढकालको सम्पादन तथा सम्राट बस्नेतको द्धन्दनिर्देशन रहनेछ । फिल्मको कथा शान बस्न्यातले लेखेका हुन् ।