Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

राजेश हमालको जामलाई सलाम !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/05

कार्यक्रममा ढिला पुग्नुको पनि एउटा सिमा हुन्छ । प्राय कार्यक्रममा निर्धारित समयभन्दा ढिला नै पुग्ने अभिनेता राजेश हमालले आईतवार भने सिमा नै नाघेर आफ्नो फिल्मको घोषणा कार्यक्रममा पुगे । 

 

कार्यक्रममा ढिला पुग्दा आलोचनाको पात्र बनेका हमाल आईतवार पनि आलोचनाकै पात्र बने । कानेखुसीमै कति आमन्त्रित पाहुनाले त हमाललाई व्यङ्ग्य गरेरै उडाए । राजधानीमा आयोजना गरिएको फिल्म 'मुखौटा'को घोषणा कार्यक्रममा अभिनेता हमाल झण्डै २ घण्टा ढिला पुगेका थिए । उनी पुग्दा कार्यक्रम सकिएर पनि सबैजना खान व्यस्त थिए । 
 
झण्डै एक घण्टा जसो चलेको कार्यक्रममा 'ड्यास'मा बसेका कलाकार तथा निर्माण टिमले बोलेर सकिदा पनि हमाल नआएपछि कार्यक्रम सञ्चालक नरेश भट्टराईले त व्यङ्य गरेरै भने- 'अब उहाँलाई खानेकुराले स्वागत गरौं ।' कार्यक्रम सकिएकाले 'ड्यास'मा कोही नभएपनि हमालले सञ्चारकर्मीसँग 'ड्यास'मा नै कुरा गरेर चित्त बुझाए । 
 
कार्यक्रममा ढिला पुग्यो कि बाहाना एउटै, 'जाममा परें' । हमालका सहयोगीले ढिला आउनुको कारण बारे भने- 'घरबाट निस्कने बित्तिकै जाममा परियो ।' लैनचौरको हमाल निवासबाट ठमेलसम्म पुग्न २ घण्टा लाग्ने कस्तो जाम हो त ? हमालको जामलाई सलाम !