

यही आइतबार साँझ सम्पन्न ‘बितेका पल’ प्रिमियर हेर्न लायकको रह्यो । सौगात मल्ल आफ्नो ‘एक्स्ट्रा लुक’ लुकाउन फिल्म नहेरेरै हलबाट बाहिरिए । ढाकाको गाउनमा सजिएकी ‘बितेका पल’ हिरोइन केकी अधिकारी ‘मस्ट नोटिसेवल’ पर्सन बनिन् ।

दोस्रो संविधानसभामा ढोल पिट्दै प्रत्यक्ष तथा समानुपातिक सभासदमा नाम चढाएका फिल्मकर्मीलाई सम्बन्धित राजनीतिक दलले ‘लोप्पा’ खुवाइदिए । अभिनेता भुवन केसीलाई त एमालले जोकर नै बनायो ।

नेपाली भाषीको बाहुल्यता रहेको भारतको सिक्किम तथा दार्जीलिङ प्रान्त नेपाली फिल्मको लागी उचित बजार मानिन्छ । यद्पी वितरण तथा प्रदर्शनमा उचित प्रणाली नहुँदा यी प्रान्तबाट नेपाली फिल्मले लिनुपर्ने लाभ लिन सकिरहेका छैनन् ।

निर्देशकद्धय दिपक श्रेष्ठ र हिमग्याम टासी एमाओवादीको समानुपातिक सूचिमा नआटाएपछि दोस्रो संविधानसभा भवनमा फिल्म क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिको संख्या शून्य जस्तै भएको छ ।

अंग्रेजी नयाँ बर्षको अवसर पारेर फिल्म 'मोक्ष'को 'खुल्ला आकाशमा' बोलको गीत सार्वजनिक गरिएको छ । दर्शकलाई नयाँ बर्षको उपहारस्वरूप फिल्मको उत्कृष्ट मध्येको एक गीत रिलिज गरिएको निर्देशक प्रबिन श्रेष्ठले फिल्मीखबरलाई जानकारी गराए ।

