Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

श्रीमतीको उपचारका लागि सहयोगको हात थाप्दै ड्रेसम्यान

फिल्मीखबर, काठमाण्डौ, 2014/02/17

कलाकारको भविष्य नै जोखिममा रहेको नेपाली फिल्म क्षेत्रमा प्राबिधिकको अवस्था झन् दयनिय नै छ । न्यूनतम पारिश्रमिकमा दैनिक गुजारा चलाउने नेपाली फिल्मका प्राबिधिकहरूलाई ठूलै समस्या परे के गर्लान् ?

 


करिब ६ बर्षदेखि नेपाली फिल्म क्षेत्रमा ड्रेसम्यानको काम गर्दै आएका कुलदीप अधिकारीले यस्तै समस्याको सामना गर्नुपरेको छ । ड्रेसम्यान अधिकारीकी जीवनसाथी अहिले सिकिस्त विरामी छिन् । सामान्य परिवारका अधिकारीले श्रीमतीको उपचारका लागि आर्थिक अभाव सहयोगको हात बढाएका छन् । आफ्नो आयश्रोतले धान्न नसकेपछि उनले फिल्मकर्मी र फिल्मसँग सम्बन्धित संघसंस्थासँग सहयोगको अपिल गरेका हुन् ।

 

आमाशय र पित्तथैलीबाट पीडित रहेकी श्रीमती अधिकारीको उपचारमा तीन लाख जति खर्च भईसकेको र अझै थप रकम लाग्ने भएकाले सहयोग माग्दै हिडेको कुलदीपले फिल्मीखबरसमक्ष बताए । भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा श्रीमतीको उपचार गराईरहेका कुलदीपले भर्खरै सुटिङ सकिएको फिल्म 'मुखौटा'मा काम गरेका थिए । श्रीमती बिरामी भएपछि उनले बिचैमा 'मुखौटा' छोडेका थिए ।

 

कुलदीपलाई 'मुखौटा'का निर्माताले २५ हजार सहयोग गरेका छन् भने हाल पोष्टप्रोडक्सन 'हँसिया'का निर्माताले पनि आर्थिक सहयोग गरेका छन् । कुलदीपले 'हँसिया'मा पनि ड्रेसम्यानको रूपमा काम गरेका थिए ।