प्रोमो तथा आक्रमक प्रचारले डार्क कमेडी फिल्म ‘झोले’ प्रतिक्षित बनेको छ । दयाहाङ राई, प्रियंका कार्की र ए.गुरुङको मुख्य भूमिका रहेको यो फिल्म यही आउँदो शुक्रबार चैत ९ गते प्रदर्शन हुंदैछ ।

प्रदर्शनको छेकोलाई पारेर दिपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्का निर्मित ‘झोले’ मा समावेश केही रमाइला संवादलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको फिल्ममा समावेश यी संवादले यतिबेला चर्चा पाइरहेका छन् ।
रिया अर्थात् कमला (प्रियंका कार्की) : तँ फेरी आइस् सन्ते ?
सन्ते (ए.गुरुङ) : सलमानको फ्यान हुँ, रियाको म्यान हुँ ।
रिया : फिरीको खार मर्ने भात माराहरु ! खल्तीमा सुको नहुनेले के खार तरुनी हेर्नु ?
सन्ते : चालले थाहा हुन्छ फ्रेस माल हो ।
हर्के (दयाहाङ राई) : यहाँ मान्छेलाई के गर्ने कसो गर्ने ? टेन्सन भैरा'छ तिमीहरुलाई कात्तिक चलिराछ ?
माने (शंकर आचार्य) : यो देशाँ कि नेता टिक्छ कि गुन्डा टिक्छ
हर्के : ज्यानकाजी पिलेनमा सरर...
पोखरामा प्रिमियर
हिजो माघ ४ गते पोखरामा ‘झोले’ को प्रिमियर गरिएको छ । पोखराको श्रीकृष्ण हलमा साँझ ‘झोले’ को प्रिमियर गरिएको हो । ‘जिरो सिक्स वान ईन्टरटेनमेन्ट’ ले व्यवस्थापन गरेको प्रिमियरमा सहभागी हुन कलाकार दयाहाङ राई, प्रियंका कार्की शनिबारै पोखरा पुगेका थिए । यसअघि ‘झोले’ को धरानमा प्रिमियर गरिएको थियो ।

