
आगामी माघ १७ गते रिलिज हुन लागेको फिल्म 'प्रोड्यूसर'को 'हाँसि खुसी' बोलको गीत रिलिज गरिएको छ । रामप्रसाद ढुंगानाको शब्दमा किरण माईकलको संगीत तथा रूपक डोटेलको स्वर रहेको प्रस्तुत गीतमा फिल्मका कलाकारहरू मुस्कुराउँदै अभिनय गरेका छन् ।

दुई सातादेखि हलमा देखिएको नेपाली फिल्मको अभाव पुस १९ गतेबाट परिपूर्ती हुने भएको छ । गायक प्रकाश ओझाले निर्देशन गरेको सस्पेन्स श्रेणीको फिल्म 'त्राश' यो शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । 'त्राश'मा निराजन लुइँटेल, अयुव केसी, अनु शाह, रिया श्रेष्ठ लगायतको भूमिका छ ।

सिजापति सिने ब्यानर र मौरी इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको नेपाली फिल्म 'टाटा बाई बाई'को अफिसियल प्रोमो सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्षको छेकोमा प्रोमो सार्वजनिक गरिएको हो ।

गायन क्षेत्रमा नाम कमाएका बाबु बोगटी फिल्म ‘बाटो मूनिको फूल’ मार्फत हिरो भए । बाबुले गीत मात्र राम्रो गाउने हैन अभिनय पनि राम्रो गर्छन् । ‘बाटो मुनिको फूल’ देखि ‘बितेका पल’ सम्म बाबुले अभिनयको राम्रो तारिफ पाइरहेका छन् ।


अभिनेत्रीद्धय केकी अधिकारी र नीता ढुङ्गाना पछिल्लो पुस्ताका कलाकारमा 'मार्क' गरिएका कलाकार हुन् । केकी र नीताको अभिनयलाई प्रशंशा गर्ने मात्रै हैन शुभचिन्तक पनि उत्तिकै छन् । दुर्भाग्य, यी दुई अभिनेत्रीका फिल्म बम्परको व्यापार गर्न सकेका छैनन् । अभिनयबाट वाही वाही पाएका यी अभिनेत्रीलाई फिल्म व्यापारिक रुपमा सफल हुनु आवश्यक छ ।

