Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनाथलाई `तोरी लाहुरे`को सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2014/02/17

आजभोली फिल्मकर्मीको भिड देखिन थालेको छ । फिल्मकोर आफ्नो व्यक्तिगत प्रचार पनि हुने समाजसेवा पनि हुने भन्दै सहयोगका लागि फिल्मकर्मीले अनाथ आश्रमलाई आफ्नो समाजसेवाको गन्तव्य बनाएका हुन् ।


यहि क्रममा आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'तोरी लाहुरे'को निर्माण युनिटले पनि समाजसेवामा आफ्नो हात बढाएको छ । फिल्म युनिटले भक्तपुरको काँडाघारीमा रहेको सृजनशील बाल गृहमा रहेका अनाथ बालबालिकाहरुका निम्ती खाद्यान्न सामग्रीहरु वितरण गर्‍यो ।

 

पाँचदेखि चौध बर्षसम्म उमेरका १४ जना अनाथ बालबालिका रहेको उक्त बालगृहका लागि युनिटले चामल सहितका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो । उक्त कार्यमा फिल्मका निर्देशक एनबी महर्जन, निर्माता दिल कुमार तामाङ 'वाले' सहित कलाकारहरू गजित बिष्ट, रोहित रूम्बा, अशिष्मा नकर्मी, समुना केसी लगायत उपस्थित थिए । अभिनेता गजितले आफ्नो व्यक्तिगत तर्फबाट पाँच हजार सहयोग गरेका थिए ।

 


 

द्धन्द निर्देशक एनबी महर्जनले निर्देशन गरेको यो कमेडी फिल्ममा सुवास थापा, गजित बिष्ट, रोहित रूम्बा, अशिष्मा नकर्मी, समुना केसी लगायतको अभिनय छ । फिल्मलाई रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ र रोशिफ तामाङले निर्माण गरेका हुन् ।