Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मुखौटा`मा निशाको आइटम

फिल्मीखबर, काठमाण्डौ, 2014/02/17

अभिनेता अर्पण थापाको पहिलो निर्देशकीय फिल्म ‘मुखौटा’ को पहिलो चरणको छायाँकन सकिएको छ । माफियाहरु बिचको द्धन्द्धलाई मुख्य विषय बनाइएको फिल्मलाई राजधानी शहरमा ३५ दिन लगाएर छायाँकन गरियो ।

 

रिफ इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘मुखौटा’ को सुटिङ गत साता सकिएको हो । फिल्ममा मुख्य कलाकार समेत भएर प्रस्तुत भएका थापाले अभिनेत्री निशा अधिकारीको एउटा आइटम गीत भने खिच्न बाँकी रहेको बताए । उनले भने, ‘निशाको आइटमलाई केही दिन पछि खिचिनेछ । यो साताबाट अश्लेशा इन्टरटेनमेन्टमा फिल्मको पोष्ट सुरु गर्नेछौं ।’

 

फिल्ममा निर्देशक थापासँगै राजेश हमाल, सुनिल थापा, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ । नरेन्द्र मैनालीको क्यामेरा रहेको ‘मुखौटा’ का द्धन्द्ध निर्देशक चन्द्र पन्त हुन् । एक करोड लगानी अड्कल गरिएको ‘मुखौटा’ को रिलिज लक्ष्य मार्च महिनामा राखिएको छ ।