Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18517 - 18522 of 24012
फिल्मीखबर, काठमाण्डौ, 2014-01-02, बिहिवार

फिल्मकर्मी भन्छन्- ‘रेखा थापा जे गर्छिन् चर्चाको लागी गर्छिन् ।’ यसमा रेखाको प्रतिवाद हुन्छ- ‘म जे गर्छु त्यसको चर्चा हुन्छ ।’ लोपोन्मुख राउटे समुदायका चार बालबालिकालाई राजधानीमा ल्याएर शिक्षाको व्यवस्था मिलाएकी अभिनेत्री रेखा थापाले पुनः चर्चा बटुल्ने बोली बोलेकी छिन् ।

फिल्मीखबर, पोखरा, 2014-01-01, बुधवार
द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा नेपाली फिल्म ‘नाईके’ निर्माण हुने भएको छ । निर्माण कम्पनीले बुधबार अँग्रेजी नयाँवर्षको अवसर पारेर फिल्मको घोषणा गरेको हो । पोखरामा आयोजित घोषणा कार्यक्रममा निर्माणपक्षले केहि दिनमा फिल्मको सुटिङ शुरु हुने जानकारी दिएको छ ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-01, बुधवार

माघ १७ गते अर्थात जनावरी ३१ तरिख साँझ मलेसियाको सेतीया आलम शहरस्थित ‘सेतीया कन्भेन्सन सेन्टर’ मा छैठौं नेफ्टा अवार्ड भव्य समारोहका सम्पन्न हुनेछ । पहिलो पटक देश बाहिर आयोजना गर्न लागिएको अवार्डमा नेपालका हस्ती कलाकारको बाक्लो उपस्थिति रहनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-01, बुधवार

अंग्रेजी बर्ष २०१४ को शुभकामना दिदैं अभिनेता अर्पण थापाको निर्देशन रहने फिल्म ‘मुखौटा’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री निशा अधिकारी र कथाकार समेत रहेका अर्पण थापाको प्रतिविम्वलाई देखाइएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-01-01, बुधवार

अंग्रेजी  बर्ष २०१४ लाई स्वागत । नेपाली फिल्म क्षेत्रका लागी यो बर्ष फलिफाप बनोस्, हाम्रो शुभकामना ! अंग्रेजी बर्ष २०१३ नेपाली फिल्मको विपक्षमा उभिन पुग्यो । यो बर्ष सर्वाधिक आशा गरिएका फिल्मले व्यापारिक घाटा बेहोरे । प्रदर्शन पूर्व हिट खाएका फिल्म प्रदर्शन पश्चात भने ‘फल्प अफ दि इयर’ बन्न पुगे ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-01, बुधवार

अभिनेत्री सौजन्य सुब्बा पनि सामाजिक सेवामा सरिक भएकी छिन् । सौजन्यले जन्मदिनको अवसर पारेर अथान बालबालिकालाई मिठाइ फलफूल तथा खाद्यन्न बाँडिन् । पुस १६ गते सौजन्यले बौद्धस्थित ‘बौद्धिक वाल गृह’ मा झन्डै ४५ जना बालबालिकालाई एक सातालाई पुग्ने खाजा तथा खानाका परिकार बाँडिन् ।

Results : 18517 - 18522 of 24012