अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको आगामी फिल्मी करिअरलाई प्रत्यक्ष असर पर्ने रुपमा फिल्म ‘नोभेम्वर रेन’लाई हेरिएको छ । ‘मेरो एउटा साथी छ’ पछि पर्दामा दोहोरिएको यो जोडीको फिल्मलाई राम्रो व्यापार गर्न सक्ने धेरैको अड्कल छ ।
यदी यो अड्कल फेल खाएमा आर्यन र नम्रताको फिल्मी करिअर कसरी अगाडी बढ्ला ? भन्ने बारे धेरैको चासो छ । निर्देशक दिनेश राउतले फिल्ममा आर्यन र नम्रतलाई लोभलाग्दो जोडीको रुपमा प्रस्तुत गरेका छन् । साथमा धिरज राईकी पुर्व पत्नी छुल्ठिम गुरुङले पनि ‘नोभेम्वर रेन'मा अभिनय गरेकी छिन् । फिल्मको लगानी सुवास गिरीको हो ।
अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ वर्तमान फिल्म बजारका व्यस्त कलाकार हुन् । तर, यी दुईको व्यस्तता हलसम्म आइपुग्दा भने त्यती मजबुद देखिएको छैन । आर्यनका यो बर्ष मात्रै ‘दबाब’, ‘महसुश’, ‘मधुमास’, ‘लोफर’ जस्ता फिल्म व्यापारिक रुपमा असफ भए भने नम्रताका ‘मौन’ र ‘मेघा‘ ले पनि उस्तो व्यापार गर्न सकेनन् ।
व्यस्त भएर पनि व्यापारिक रुपमा असफल फिल्म दिइरहेका आर्यनका लागि झन् यो फिल्म चुनौती छ । कारण, फिल्मका निर्माता आर्यन पनि हुन् । आफैले निर्माण गरेको फिल्मबाट सफलताको स्वाद चाख्न आर्यन तयार छन् । आर्यनसँगै नम्रताले सफलताको स्वाद चाख्लान् त ?

