Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18487 - 18492 of 24012
फिल्मीखबर, काठमाण्डौ, 2014-01-07, मंगलवार
गायक प्रमोद खरेलले 'तोरी लाहुरे' फिल्मका लागि गाएको गीतमा सोही फिल्मका अभिनेता रोहित रूम्बाले 'र्‍याप' गीत गाएका छन् । मंगलबार राजधानीको ड्रिम्स स्टुडियोमा रोहितले 'समाजले भन्छ तोरी लाहुरे' बोलको गीतमा 'र्‍याप' भरे ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-07, मंगलवार

भोजपुरी फिल्मका व्यस्त नेपाली अभिनेता विराज भट्ट एक अनटाइटल नेपाली फिल्ममा अनबन्धित भएका छन् । प्रोडक्सन म्यानेजर अरुण रेग्मीको लगानी तथा ऋषि लामिछानको निर्देशन रहने फिल्ममा विराज मुख्य कलाकारको रुपमा फाइनल भएका छन् । 

 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-07, मंगलवार

निर्देशक सुरज सुब्बा नाल्बो र फेसन स्टाइलिस नीलिमा शर्मा बिचको घनिष्टता कत्तिको छ ? त्यो उनीहरु नै जानुन् । तर, फिल्ममा भने निर्देशक नाल्बो र फेसन स्टाइलिस शर्माको सहकार्य बाक्लिदै गएको छ । 

 
उत्सव रसाईली, काठमाण्डौ, 2014-01-07, मंगलवार

स्व.गायक फत्तेमानद्धारा स्वरवद्ध ‘मर्न बरु गाह्रो हुन्न...’ बोलको गीत फिल्म ‘मोक्ष’ निर्देशक प्रवि श्रेष्ठको जीवनमा विपरीत भइदियो । निर्देशक श्रेष्ठले मर्न भनी एक मुठी स्लिपिङ ट्याब्लेट्स (निद्रा लगाउने औषधी) तयार गरे । पटकपटक चक्कुले हात काटे । हात काट्दा असैह्य पिडा भयो । स्लिपिङ ट्याब्लेट्स खाने हिम्मत आएन । मृत्युको सोचलाई जितेर अगाडी बढे र आज निर्देशकको रूपमा चिनिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-06, सोमवार

बलिउड फिल्ममा हिट गीत दिइरहेका भारतीय गायक मिका सिंह नेपाल आउने भएका छन् । मुन लाइट रेकर्डस्ले आउँदो मार्च १ (फागुन १४ गते) तारिख काठमाडौं स्थित टुडिखेलमा ‘मिका सिंह लाइभ इन नेपाल’ को आयोजना गर्दैछ । 

 
रेम बिक, पोखरा, 2014-01-06, सोमवार

चुनावको बेलामा नेताज्यूहरु जनताको घरदैलोमा पुग्दै सबैलाई हात जोडेर नमस्ते गर्छन् । आफ्नो पक्षमा भोट माग्छन् र जितेको खण्डमा ‘यसो गर्ने, उसो गर्ने’ भन्दै भाषण गर्छन् । सोमबार पोखरामा भेटिएका दिपकराज गिरीको हालत कुनै चुनावी माहौलमा भेटिएका नेताज्यूको भन्दा फरक थिएन । 

Results : 18487 - 18492 of 24012