नेपाली फिल्म 'नाईके'ले पोखराको विन्दबासिनी मन्दिरमा शुभ मुर्हत गर्दै आईतबारदेखि नै सुटिङ शुरुवात गरेको छ । ब्ल्याक स्याडो प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुभमुर्हतमा पोखराका व्यवसायी, फिल्मकर्मी, संचारकर्मी र कलाकारहरुको उपस्थिती रहेको थियो ।
(1).jpg)
निर्देशक नेत्र गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको एक महिनाभित्र सुटिङ सकिने सो अवसरमा जानकारी गराईयो । विन्दबासिनी मन्दिर परिसरमा भएको शुभमुर्हत कार्यक्रममा कलाकार आर्यन सिग्देल, रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की लगाएतले सट दिएका थिए । फिल्मका अन्य कलाकारहरुमा सारिका केसी, विजयराज सेन्चुरी, विकास बाँस्तोला, कृष्ण उदासी लगाएत छन् ।
(1).jpg)
फिल्म ग्याङस्टारहरुको कथामा बन्न लागेको यो फिल्मबाट आर्यन सिग्देल भिन्न रुपमा प्रस्तुत हुँदैछन् । फिल्म ५० लाख रुपैँयाको लागतमा बन्न लागेको फिल्मको कार्यकारी निर्माताको रुपमा विष्णु हमाल रहेका छन् । त्यस्तै निर्माताहरुमा जगदिश खनाल, आनन्द क्षेत्री, नारायण खनाल, संगीता पराजुली र रेशा गुरुङ रहेका छन् ।
पोखरा र आसपासका क्षेत्रमा छायाँकन हुने फिल्म 'नाईके'लाई अर्जुन तिवारीले खिच्दैछन् । फिल्ममा द्धन्द निर्देशकको रुपमा सानुकुमार महर्जन रहेका छन् भने संगीतकारहरुमा ताराप्रकाश लिम्बु, रमण गायक र योगेश काजी बिसी रहेका छन् ।
तस्बिर : विकास बाँस्तोला

