Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेकअपका गुरू साम्भाको निधन

फिल्मीखबर, काठमाण्डौ, 2014/02/23

नेपाली फिल्म क्षेत्रमा मेकअपका गुरू मानिने सबैभन्दा पूराना मेकअप म्यान साम्भा दिनकर पाटिल (शम्भु क्षेत्री)को निधन भएको छ । पाटिलको आईतवार राती पौने दश बजे काठमाण्डौको विर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

 

 

झण्डै दुई बर्षदेखि आन्द्राको समस्याका कारण विरामी पर्दै आएका साम्भा बिगत केहि महिनादेखि भने आन्द्राको समस्याकै कारणले ग्रस्त थिए । आन्द्रा सम्बन्धी रोगका कारण निधन भएका साम्भाको शवलाई विर अस्पतालमा नै राखिएको छ ।


भारतको मुम्बई स्थित नाला सोपाराका नेपाली मेकअप म्यान साम्भाको निधनमा गहिरो दु:ख व्यक्त गर्दै नेपाल चलचित्र प्राबिधिक संघले मृतकको आत्माको चिर शान्तीको कामना गरेको छ । साम्भालाई श्रद्धाञ्जली व्यक्त गर्न चाहने फिल्मकर्मी बिहान ७ बजे अस्पतालमा उपस्थित हुन सक्ने संघका उपाध्यक्ष पुष्कर लामाले फिल्मीखबरलाई जानकारी गराए । यस्तै उनले पशुपती आर्यघाटमा पनि अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेसम्म राखिने लामाले बताए ।


यता संघका अध्यक्ष मनोज केसीले भोली सोमबार सम्पूर्ण फिल्मको सुटिङ स्थगित गर्ने समेत बताए । उनले नेपाली फिल्म क्षेत्रमा मेकअपको शुरूवात गरेका साम्भाको सम्मानका लागि भोलीका दिन कुनैपनि सुटिङ नगरीदिन समेत आग्रह गरेका छन् ।

 

'वासुदेव’ फिल्मबाट मेकअप म्यानको पेशा अंगालेका साम्भा अधिकांश श्रृङ्गार कर्ताको गुरु मानिन्छन् । मिलनसार व्यक्तिको रुपमा परिचित साम्भाले सय भन्दा बढि फिल्ममा मेकअप म्यान भएर काम गरेका छन् । नेपालीसँग बिबाह गरि नेपाली नागरिता लिएर यतै घरजम गरेका साम्भाको मेकअपमा तयार भएका करोडपती, नेपाली बाबु, माइली, हामी तीन भाई, सुख दु:ख, मसान, छोडि गए पाप लाग्ला, साथी म तिम्रो, सो सिम्पल जस्ता चर्चित फिल्म हुन् ।

 

मेकअपका गुरू साम्भाको निधनले नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती पुगेको प्राबिधिक संघले बताएको छ । यस दु:खद घडीमा दिवांगत आत्मको चीरशान्तिको कामना गर्दै फिल्मीखबर डट कम परिवार भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ ।