Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18481 - 18486 of 24012
फिल्मीखबर, काठमाण्डौ, 2014-01-08, बुधवार

नेपाली फिल्म निर्माणमा नयाँ 'मेकर्स'को लगानी बढदै जाँदा पूराना 'मेकर्स'को लगानी भने लगभग ठप्प जस्तै देखिएको छ । फिल्म निर्माण असुरक्षित हुँदै गएपछि उनीहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् । 

 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-08, बुधवार

राणा कालमा कृषि क्रान्ती र प्रजातन्त्रको पक्षमा आवाज उठाएर साहदत प्राप्त गरेका भिमदत्त पन्तको जीवनकथामा आधारित रहेको फिल्म ‘भिमदत्त’को शो हङ्कङमा गरिने भएको छ । हङकङ शहरमा ‘भिमदत्त’ को शो मार्च २ तारिखमा हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-08, बुधवार

आउँदो माघ ११ गते नेपाली फिल्मका कलाकार भक्तपुरको क्लब बाग्मती सिपा टोलमा जम्मा हुँदैछ । नेपाली फिल्मका कलाकारको जमघट माघको जाडोमा गरम बन्नेछ । गरम हुने अवसर नेपाल चलचित्र कलाकार संघले जुराउने भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-08, बुधवार

पुस २६ गते प्रदर्शन हुने दुई फिल्म ‘छ एकान छ’ र ‘बितेका पल’ को प्रतिस्पर्धालाई लिएर मात्रै फिल्म बजार तातेको छैन । कमेडी फिल्मका निर्माता तथा निर्देशक बिचको सम्बन्धले पनि पुसको ठन्डीलाई तताइरहेको छ । 

 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-08, बुधवार

नेपाली फिल्म बजारमा अर्को भाले भिडन्त हुने भएको छ । नेपाली नयाँ बर्षको छेकोमा आफ्नो फिल्मलाई प्रदर्शन गर्न निर्माता तथा निर्देशक बिच तँछाड मछाड सुरु भएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार नेपाली बर्ष ०७१ को मुखमा चार फिल्म प्रदर्शन हुँदैछन् । एउटै मितिमा प्रदर्शन हुने फिल्मलाई चानचुने रुपमा हेरिएको छैन ।

 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-07, मंगलवार

हिन्दी तथा अंग्रेजी फिल्मलाई मात्रै पोषण गर्ने भनेर आरोप खेपेका सुविधा सम्पन्न मल्टिप्लेक्स स्टेशनहरु केही बर्षदेखि भने नेपाली फिल्म प्रदर्शनको लागि पनि सहज बन्दै गरहेका छन् । विशेषगरी ‘लुट’ फिल्मले ब्ल्कबस्टरको व्यापार गरेपछि शहरका मल्टिप्लेक्समा नेपाली फिल्मलाई प्रदर्शनको मौका मिलेको हो ।

Results : 18481 - 18486 of 24012