अभिनेत्री पूजा चन्दले दोस्रो बिहे गरेकी छिन् । डेढ एक बर्ष अघिनै राजु लामासँग ईन्गेजमेन्ट गरेकी चन्दले अमेरिकामा परिवार, आफन्त तथा साथीभाईमाझ बिधी पूर्वक बिहे गरेकी हुन् ।
निर्देशक सुरज चन्दसँग सम्बन्ध बिच्छेद गरेर अमेरिकामा बस्दै आएकी पूजाले ठूलो निर्णयका साथ राजुसँग बिहे गरेको बताएकी छिन् । करिब १२ बर्षको फिल्म करिअरलाई बीचमै रोकेर २००५ मा अमेरिका प्रस्थान गरेकी पूजाले करिब झण्डै ३६ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।
पूजाले राजेन्द्र शलभले निर्देशन गरेको फिल्म 'भाउजु'मा सानो भूमिका निभाएसँगै 'भीष्म प्रतिज्ञा'मा र सोलो हिरोइनको रूपमा 'छोरी बुहारी' मार्फत आफुलाई नायिकाको रूपमा स्थापित गरेकी थिईन् । उनले पछिल्लो पटक खेलेको फिल्म 'मनको टुक्रा' थियो जुन चलचित्रलाई बिजय रत्न तुलाधारले निर्देशन गरेका थिए । एक छोरीकी आमा समेत रहेकी पूजा फिल्म क्षेत्रबाट लगभग विस्थापित नै भईसकेकी छिन् ।
.jpg)
.jpg)
.jpg)

