Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोएरै चिनिन् गरिमाले (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/02/24

स्वर्गिय शिव रेग्मीले निर्देशन गरेर रिलिज हुन बाँकी रहेको अन्तिम फिल्म 'मनले मनलाई छुन्छ'को प्रेमले ओतप्रोत गीत सार्वजनिक गरिएको छ । फिल्मीखबरमार्फत सार्वजनिक गरिएको 'छुँदैमा चिनियो' बोलको गीतमा गरिमा पन्त र बिरेन श्रेष्ठले आफ्नो मायाको भाव पोखेका छन् ।

 

बसन्त सापकोटाको संगीत रहेको यो गीतका रचनाकार स्वर्गिग निर्देशक रेग्मी नै हुन् । प्रस्तुत भिडियोका करियोग्राफर हिमग्याप टासी हुन् । अभिनेता विरेन श्रेष्ठ र गरिमा पन्तको मुख्य भूमिका रहेको यो फिल्म नेपाली नयाँ बर्षको अवसर पार्दै चैत २८ गते प्रदर्शन हँदैछ । फिल्ममा अभिनेता श्रेष्ठ र सुनिल सिटौलाको संयुक्त लगानी छ ।

 

‘मनले मनलाई छुन्छ’ त्रिकोणात्मक प्रेमकथाको पारिवारिक फिल्म हो । मिराकल मिडिया प्रालीको प्रस्तुती रहेको फिल्ममा विरेन र गरिमाको साथमा सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगायतका कलाकारको भूमिका छ । स्व.निर्देशक रेग्मी र मौनता श्रेष्ठको पटकथा एवम् संवाद रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध निर्देशन छ । फिल्मका छायाँकार शम्भू सापकोटा हुन् ।