अभिनेत्री निशा अधिकारीले पुरुष पत्रकारले यौन प्रसंगका विषयमा प्रश्न सोध्न नमिल्ने बताएकी छिन् । न्यूज २४ को ‘इष्यु अफ द डे’ मा अभिनेत्री रेखा थापासँग पाहुना बनेर गएकी निशाले यस्तो अभिव्यक्ती दिएकी हुन् ।
कथाले के माग्छ ? भन्ने विषयमा अभिनेत्री अधिकारीले प्रश्न गरेकी छिन्, ‘एउटा केटा पत्रकारले मलाई इन्टरकोर्स सम्बन्धी प्रश्न सोध्छ भने यो कत्तिको सामाजिक आचारण भित्र पर्छ ?’ निशा थप्छिन्, ‘मलाई फोन गरेर इन्टरकोर्सको अनुभव सोध्नेको फोन काटिदिन्छु ।’
रेखा थापालाई हालको नम्वर वान अभिनेत्री भन्ने निशाले जीवन लुइँटेल, सौगात मल्ल, अर्पण थापा, र राजबल्लभ कोइराला मध्ये अभिनेता आर्यन सिग्देललाई अन्तिममा लिस्टमा राखेकी छिन् ।

