Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

`बाँवरी`का लागि `बडी` कस्दै नन्दिता

फिल्मीखबर, काठमाण्डौ, 2014/02/23

४९ केजी तौल भएको स्लिम बडीलाई अभिनेत्री नन्दिता केसी अझै स्लिम गर्ने कसरतमा छिन् । फिल्म ‘बाँवरी’को भूमिकाको लागि नन्दिताले यस्तो कसरत गर्नु परेको हो ।

 

 

सुमन घिमिरेको निर्देशन तथा सिता सिम्खडाको निर्माण रहने ‘बाँवरी’ मा नन्दिता शिर्ष भूमिकामा देखिदैछिन् । नन्दिताले हालको शरीरलाई अझै स्लिम राख्न यसै साताबाट जिमखाना ज्वइन गरेकी छिन् । हरेक बिहान एक घण्टा योगा र खानपीनमा विशेष ध्यान दिने उनी नयाँ बानेश्वरको टोटल फिट्नेस हेल्थ क्लबमा जिम गर्न जान्छिन् ।

 

‘मझेरी’ फिल्ममा समेत देखिदै गरेकी नन्दिताले ‘बाँवरी’को सुटिङ सुरु नहुँदासम्म जिम गर्ने बताइन् । ‘बाँवरी’ को सुटिङ चैतको पहिलो साताबाट सुरु हुनेछ । ‘बाँवरी’मा नन्दितासँग नव कलाकार भाष्कर बाँनिया देखिदैछन् । ४९ केजीकी नन्दिता जिम गरेर अझै कति घट्ने हुन् ?