Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्रियंकाको छैन भुइँमा खुट्टा !

फिल्मीखबर, काठमाण्डौ, 2014/02/25

आफु अभिनित ‘झोले’ फिल्म ‘इनिसियल हिट’ भएपछि अभिनेत्री प्रियंका कार्की यतिबेला खुसीले गद्गद् छिन् । दिपेन्द्र के.खनाल निर्देशित फिल्मले दुई दिनमै चालिस लाख माथिको ग्रस कलेक्सन गरेपछि प्रियंकालाई खुसी मिलेको हो ।

 

डार्क कमेडी ‘झोले’मा कर्ल गर्लको भूमिका निभाएकी प्रियंकाले फिल्मीखबर समक्ष यसरी खुसी साटिन्, ‘फिल्म सफल भएपछि मलाई आकाशमा उडे जस्तो अनुभव भैरहेको छ । मलाई मेरो खुट्टा भुइँमा नभएर आकाशमा भएजस्तो लागिरहेको छ ।’ टेकेन खड्का निर्मित ‘झोले’ मा प्रियंकासँगै दयाहाङ राई र ए.गुरुङको मुख्य भूमिका छ ।

 

उसो त यसअघि प्रदर्शनमा आएका ‘थ्रि लभर्स’, ‘कलिउड’ र ‘भिजिलान्ते थ्रीडि’ जस्ता राम्रो गर्ने आशा गरिएका फिल्म व्यावसायिक रुपमा अफसल हुँदा पनि प्रियंका निराश भने भएकी थिइनन् । किन ? प्रियंका भन्छिन्, ‘म आफ्नो भूमिकालाई न्याय गर्न मनैदेखि मिहेनत गर्छु ।’ उनले थपिन्, ‘मैले अभिनय गरेका यसअघिका फिल्म व्यावसायिक रुपमा सफल भएनन् तर मेरो कामको सबैले प्रसंशा गर्नुभयो । त्यसैले निराश हुनु परेन ।’

 

प्रियंकाले भनेजस्तै यसअघि प्रदर्शनमा आएका उनी अभिनित कुनै पनि फिल्म व्यापारिक रुपमा सफल भएनन् । फिल्म असफल भएपनि उनले राम्रा ब्यानरका फिल्ममा काम गर्न भने सफल भइन् । यस वर्षको अन्तिम चैत २८ गते प्रदर्शन हुने फिल्म ‘नाइ नभन्नु ल २’ मा महत्वपूर्ण भूमिकामा देखिदै गरेकी प्रियंकाले ‘सुन्तली’ र ‘आवरण’ मा शिर्ष भूमिका निभाएकी छिन् । विकास आचार्य निर्देशित ‘नाइ नभन्नु ल २’लाई दर्शक हलसम्म तान्ने फिल्मको रुपमा हेरिदैं छ ।