Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपाल र भारत पुस्तकालयमा `मोक्ष`

फिल्मीखबर, काठमाण्डौ, 2014/02/25

फागुन ११ गते राजधानीको सुन्धारास्थित नेपाल भारत पुस्तकालयमा दर्शकबाट घेरिदा निर्देशक प्रविन श्रेष्ठ भावुक बने । सबैले तारिफ गरेको ‘मोक्ष’ को सार्वजनिक प्रदर्शनमा हलमा दर्शकको भिड नलाग्दा निर्देशक श्रेष्ठ निराश थिए ।

 

 

फिल्मीखबरसँग निर्देशक श्रेष्ठले भने, ‘फिल्मले व्यापार उत्साहको हुन सकेन तर फिल्म हेरेर दर्शकले दिएको प्रतिक्रियाबाट मलाई खुसी मिलेको छ । अर्को फिल्म निर्देशन गर्न मलाई उत्साह मिलेको छ ।’

 

भारतीय दुतावास तथा बीपी कोइराला नेपाल, भारत फाउन्डेनले गरेको ‘मोक्ष’को निःशुल्क प्रदर्शनमा झन्डै डेढ सय दर्शक सहभागी भएको निर्देशक श्रेष्ठले बताए । प्रदर्शनीमा प्रविन सहित निर्माता सुनिल मानन्धर र कलाकार कोसिस क्षेत्री सहभागी थिए ।