अत्याधिक व्यावसायिक सफलता पाएको ‘गोर्खा पल्टन’ निर्माण गर्ने मुभिज डटकमले अर्को फिल्म निर्माण प्रक्रिया पुरा गरेको छ । निर्देशक नारायण रायमाझीको निर्देशन रहने फिल्ममा ‘गोर्खा पल्टन’का प्रशान्त तामाङ र युनिटका अन्य मुख्य सदस्य दोहोरिएका छन् ।
शिर्षक सार्वजनिक नगर्ने सर्तमा निर्देशक नारायण रायमाझीले फिल्म निर्माण गर्ने बारे फिल्मीखबरलाई जानकारी दिएका हुन् । उनले सम्पूर्ण कलाकारको टोलीलाई लिएर यसै साताबाट सुटिङ सुरु गर्ने बताए । उनले भने, ‘सुटिङ सकेर मात्रै मिडियामा आउने हाम्रो योजना छ ।’
लभ स्टोरीको फिल्ममा इन्डियन आइडल प्रशान्त तामाङ, ‘हमेशा’ का हिरो नरेन खड्का, ‘लोफर’ हिरोइन रजनी केसी मुख्य कलाकारको रुपमा फाइनल भएका छन् । ‘गोर्खा पल्टन’ मा रहेका छायाँकार शिव ढकाल, संगीतकार विवि अनुरागी र नृत्य निर्देशक गाविन्द राई निर्देशक रायमाझीको फिल्ममा अनुबन्धित भएका छन् । ६ महिनामा प्रदर्शन गर्ने गरी फिल्मलाई राजधानी र मोफसलका विभिन्न स्थानमा खिचिने निर्देशक रायमाझीले बताए ।

