Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

३० लाख दर्शकका लागि नेपाली फिल्म !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/05

सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले विदेशमा रहेका तीस लाख बढी नेपाली दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण गर्नु पर्ने तथा फिल्मको विदेशी बजारलाई विस्तार गर्नुपर्ने धारणा राखेका छन् । मन्त्री भए पश्चात सञ्चार मन्त्रालय मातहतका कार्यालय पुगेर जानकारी लिने क्रममा फागुन २० गते नेपाल चलचित्र विकास वोर्ड पुगेका मन्त्री रिजालले यस्तो धारणा राखेका हुन् ।

 

सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री रिजालले भने, ‘विदेशमा नेपाली फिल्मको बलियो बजार देखेको छु । विदेशमा रहेका नेपाली समक्ष पुग्ने गरी फिल्म बन्नु पर्छ । त्यहाँको बजारलाई विस्तार गर्नुपर्छ ।’

 

सरकार परिवर्तन भएपछि मन्त्रालय मातहत कार्यालयका प्रमुख पदाधिकारी परिवर्तन हुने परिपाटी अनुसार विकास वोर्ड अध्यक्ष धमेन्द्र मोरवैता ‘पप्पु’ को कुर्सी फेरवदल हुने जिज्ञासामा मन्त्री रिजालले स्पष्ट धारणा भने राखेनन् । उनले भने, ‘भर्खर जानकारी लिन आएको छु । पदाधिकारी फेरवदल बारे अहिले नै केही भन्न मिल्नदैन् ।’

 

चावाहिलस्थित विकास वोर्डको कार्यालय पुगेका मन्त्री रिजाललाई अध्यक्ष मोरवैता सहित वोर्डका अन्य सदस्यले फुल माला लगाएर कार्यालयमा स्वागत गरेका थिए ।